काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, टनेलको सानो गोलभेडा २५ रुपैयाँ, गोलभेडा सानो (तराई) ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३० रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ५० रुपैयाँ, रातो मुला १५ रुपैयाँ, सेतो मुला लोकल १० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भान्टा (डल्लो) ६० रुपैयाँ, मटरकोशा ११० रुपैयाँ, घ्यु सिमि लोकल ४० रुपैयाँ, राजमा ११०, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला ११०, लौका ५०, परवर ३५०, घिरौला ६०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ५०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी ११०, सखरखण्ड ७०, बरेला ४०, पिडालु ७०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ९०, बकुला ७०, तरुल ८०, कन्य च्याउ १२०, डल्ले च्याउ ३३०, कुरिलो १८००, ब्रोकाउली ७०, चुकन्दर ६०, सजीवन २००, रातो बन्दा ६०, जिरीको साग ८०, सेलेरी १००, पार्सले २२०, सौफको साग ९०, पुदिना ३२०, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १८०, हरियो खुर्सानी ६०, सुकेको खुर्सानी ४८०, हरियो लसुन १००, हरियो धनिया ९०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २००, अनार २५०, हरियो अंगुर १५०, कालो अंगुर २५०, सुन्तला १२०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ६०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ६०, भारतीय मेवा ७०, अम्बा १००, लप्सी ८०, किनु ९०, किवी ३००, शरिफा २५०, अभोकाडो २५०, स्ट्रबेरी ३००, अमला ७० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्