×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँच रुपैयाँले घट्यो प्याजको मूल्य, आइतबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

PRIME CA
GLOBAL IME BANK

पाँच रुपैयाँले घट्यो प्याजको मूल्य, आइतबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

१४ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज प्याजको मूल्य घटेको छ । भारतीय सुकेको प्याज ५ रुपैयाँले घटेर न्युनतम प्रतिकेजी ७० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, टनेलको सानो गोलभेडा ३० रुपैयाँ, गोलभेडा सानो (तराई) ३५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३० रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ५० रुपैयाँ, रातो मुला १५ रुपैयाँ, लोकल सेतो मुला लोकल १० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, मटरकोशा ९० रुपैयाँ, घ्यु सिमि लोकल ६० रुपैयाँ, राजमा १२०, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला १२०, लौका ५०, परवर २६०, घिरौला ७०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ६०, हरियो फर्सी (डल्लो) ६०, सलगम ७०, भिण्डी १२०, सखरखण्ड ७०, बरेला ५०, पिडालु ६०, स्कुस ५० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १००, बकुला ८०, तरुल ६०, कन्य च्याउ १५०, डल्ले च्याउ ३५०, कुरिलो १८००, ब्रोकाउली ८०, चुकन्दर ७०, सजीवन २२०, रातो बन्दा ५०, जिरीको साग ८०, सेलेरी १००, पार्सले २२०, सौफको साग ९०, पुदिना ३२०, गान्टे मुला ७०, तामा ९०, तोफु १५०, अदुवा १८०, हरियो खुर्सानी ८०, सुकेको खुर्सानी ४८०, हरियो लसुन १२०, हरियो धनिया १००, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २००, अनार २५०, हरियो अंगुर १५०, कालो अंगुर २५०, सुन्तला १२०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ५०, रुख कटहर ११०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ६०, भारतीय मेवा ७०, अम्बा १००, लप्सी ८०, किनु ८०, किवी ३००, शरिफा २५०, अभोकाडो २५०, स्ट्रबेरी ३००, अमला ७० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: