Skip to content
LAXMI SUNRISE BANK

भिजिट भिसामा विदेश हिँडेका ८४ जना विमानस्थलबाटै फिर्ता !

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विदेश हिँडेका ८४ जनालाई विमानस्थलबाटै फिर्ता पठाएको छ । अध्यागमन कार्यालयले पछिल्लो २४ घण्टामा भिजिट भिसामार्फत विश्वका विभिन्न देश हिँडेका ८४ जनालाई फिर्ता पठाएको हो ।

विमानस्थलबाटै फिर्ता भएकाहरुमध्ये अधिकांश दुबई जान लागेका रहेको अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन कार्यालयका अनुसार भिजिट भिसामा दुबई, श्रीलंका लगायतका मुलुका हिँडेका उनीहरुले भ्रमणको उद्धेश्य खुलाउन नसकेपछि फिर्ता पठाइएको हो । यसरी फिर्ता पठाइएकाहरु भिजिट भिसामार्फत गन्तव्य मुलुक पुगेपछि काम गर्ने योजनामा रहेको पाइएको छ ।

विमानस्थलबाटै फिर्ता हुनमध्ये अधिकांशको कागजपत्रको प्रक्रिया पनि नमिलेको अध्यागमन कार्यालयले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK