×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिजिट भिसा प्रकरणः थप ७ जना अध्यागमन अधिकृतविरुद्ध पक्राउ पूर्जी जारी

PRIME CA
GLOBAL IME BANK

भिजिट भिसा प्रकरणः थप ७ जना अध्यागमन अधिकृतविरुद्ध पक्राउ पूर्जी जारी

१४ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले अध्यागमन कार्यालयका थप ७ जना अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अध्यागमन कार्यालयमा संगठित रुपमै भिजिट भिसाको सेटिङ चलेको पुष्टी भएपछि प्रहरीको अनुसन्धानका आधारमा अदालतले थप ७ जना अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी हुनेहरुमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो रहेका छन् । काठमाडौँ जिल्ला अदालतले उनीहरुविरुद्ध माघ ९ गते पक्राउ पुर्जी जारी गरेको हो ।

भिजिट भिसा प्रकरणमा यसअघि नै पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियाहरुको बयानका आधारमा थप ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।

हाल प्रहरीले भिजिट भिसा प्रकरणमा पक्राउ परेकाहरुमाथि लिखत किर्ते तथा संगठित अपराधको कसुरमा १० जनालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । पक्राउ पुर्जी जारी भइसकेको अध्यागमन कार्यालयका कर्मचारी र संलग्न थप अन्यको पनि खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: