×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभावः वाइकोको अनाधिकृत प्रवेशबारे छानविन गर्न सरकारको निर्देशन

PRIME CA

अर्थ सरोकार समाचार प्रभावः वाइकोको अनाधिकृत प्रवेशबारे छानविन गर्न सरकारको निर्देशन

५ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणालीमा अनाधिकृत प्रवेशबारे अर्थ मन्त्रालयले छानविन गर्न निर्देशन दिएको छ । नेप्सेको सिष्टममा वाइकोको अनाधिकृत प्रवेशबारे अर्थ सरोकारले समाचार सम्प्रेषण गरेपछि अर्थमन्त्रालयले नेप्सेको सिष्टममा अनाधिकृत प्रवेशबारे छानविन गर्न निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार अर्थमन्त्री डा.प्रकाशशरण महतको ठाडो निर्देशनमा नेप्सेको अनलाइन कारोबार प्रणाली (नट्स) मा वाइकोको अनाधिकृत प्रवेशबारे छानविन गर्न निर्देशन दिइएको हो ।

यसो त नेपाल धितोपत्र बोर्डले गरेको एक अध्ययनले नेप्सेमा वाईको कम्पनीसँग मिलेर सिमित स्वार्थ समूहले कम्पनीको सेयर भाउ बढाउने, मन परेका कम्पनीको भाउ घटाउने गरेको खुलासा गरेको थियो । बोर्डको उक्त अध्ययनले नेप्सेको आईटी विभागका कर्मचारी, केही ब्रोकर र ठूला लगानीकर्ताहरुको मिलेमतोमा चलखेल हुने गरेको र यस्तो चलखेलले सोझा लगानीकर्ता फसिरहेको पनि खुलासा गरेको थियो ।

तर, बोर्डले यस्तो गम्भीर खुलासा गर्दा पनि तालुकदार मन्त्रालय तथा निकायले भने उक्त विषय गम्भीर रुपमा लिएका थिएनन् । तर, हाथवे र हिमालयन रिको मूल्य उचाल्नेगरी नेप्सेको सिष्टमभित्र अनाधिकृत प्रवेश भएको र अनाधिकृत प्रवेश गरेकाहरुको तथ्यांक लगको क्याच फाइल डिलिट तयारीसहित नेप्सेको सिष्टम बन्द गरिएको भन्ने समाचार अर्थ सरोकारले सम्प्रेषण गरेपछि अर्थ मन्त्रालय तातेको छ ।

मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रिको निर्देशनअनुसार अब छिट्टै नेप्सेको सिष्टममा अनाधिकृ प्रवेशबारे छानविनका लागि समिति गठन हुनेछ र उक्त समितिले नेप्सेको सिष्टममा वाईकोको अनाधिकृत प्रवेशबारे थप अध्ययन गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: