काठमाडौं। आचार्य बन्धु समाज नेपालको यस वर्षको वनभोज कार्यक्रम फागुन २९ गते हुने भएको छ । केहीदिन अगाडी सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार वनभोजको मिती तय भएको हो।
समाजका काठमाडौं जिल्ला सचिव तेज आचार्य, बागमती प्रदेश महासचिव अधिवक्ता लक्ष्मण आचार्य, केन्द्रीय सदस्य एवम् प्रवक्ता रामहरी आचार्य, केन्द्रीय महासचिव शुभनराज आचार्य, केन्द्रीय अध्यक्ष बाबुराम आचार्य बनभोजस्थल चोभार गएर बनभोजको स्थल फिक्स गरेका छन् ।
बिहीबार बसेको पुराण महायज्ञको बिषयको छलफल, आचार्य लेखिएको जुत्ता तथा बनभोजको विषयमा अन्तिम निर्णय गर्ने सनराईज रेष्टुरेण्ट एण्ड पार्टी प्यालेशको बैठक पश्चात समाजका केन्द्रीय अध्यक्षसहितको टोली प्रशिद्ध पर्यटकीय स्थलसमेत रहेको चोभार डाँडामा कौण्डिन्य गोत्रीय आचार्यहरुको बनभोज कार्यक्रम गर्ने फिक्स भएको हो ।
आचार्य बन्धु समाज नेपाल बागमती प्रदेशका महासचिव अधिवक्ता लक्ष्मण आचार्यले सबैलाई बनभोजमा सकृय सहभागीता जनाउन सार्वजनिक आह्वान गरेका छन् । वनभोज कार्यक्रममा सहभागी हुन प्रति व्यक्ति एक हजार पाँच सय तोकिएको बागमति प्रदेशका महासचिव अधिवक्ता लक्ष्माण आचार्यले जानकारी दिए । उनले केन्द्र, प्रदेश, जिल्ला तथा विभागहरुसँग कुपनका लागि सम्पर्क गर्न सकिने जानकारी दिए ।
काठमाडौं जिल्ला सचिव तेज आचार्यले ५ सय भन्दा बढी कौडिन्य गोत्रीय आचार्यहरुको उपस्थितिमा बनभोज कार्यक्रम सफलतापूर्वक सम्पन्न हुने बताए ।
त्यस्तै, केन्द्रीय सदस्य एवम् प्रवक्ता रामहरी आचार्यले कबाठमाडौंका तिनवटै जिल्लका वडा वडामा सबैलाई जानकारी दिन समाज लागि पर्ने भन्दै यस वर्षको आचार्यहरुको वनभोज सबै हिसावले सफल हुने बताए ।
केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बनभोजले आचार्यहरुलाई पारिवारिक रुपमा एकताबद्ध बनाउने हुँदा राम्रो कार्यक्रम भएकोले सबैले सफल बनाउन लागि पर्नुपर्ने बताएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्