Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकले सेयरधनीलाई लाभांश नदिने

अर्थ सरोकार

काठमाडौं । कृषि विकास बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको माघ २५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

उक्त बैठकले वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । गत वर्ष भने बैंकले सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले यस वर्ष कुनै पनि लाभांश नदिने भएपछि सेयरधनीहरु निराश भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK