×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आँशुको रेमिट्यान्सले देश धानिरहेछ, एयरपोर्टमा मुटु भक्कानिरहेछ…’ (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार

PRIME CA

‘आँशुको रेमिट्यान्सले देश धानिरहेछ, एयरपोर्टमा मुटु भक्कानिरहेछ…’ (फोटो-कथा)

काठमाडौँ । विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन तर कामकै खोजिमा विदेश भौतारिनुपर्ने बाध्यता चाहिँ देशको लागि राम्रो जरुर होइन । नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरुको संख्या ठूलो छ । धेरैजसो नेपालीहरु स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन् । त्यसैमा कतिपय स्वदेशमा पाएको जागिरबाट परिवार पाल्न र जीविका चलाउन मुस्किल भएपछि विदेशिन बाध्य छन् ।

यसको ज्वलन्त उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टा बसेर उनीहरुको क्रन्दन र रोदन हेरे र सुने मात्रै पनि पुग्छ । परिवारलाई राम्रो, खुशी र सुखीसँग पाल्ने अनि आफ्नो जीवन बनाउने सपना पोल्टामा बोकेर विदेशिएका कतिपय नेपालीहरु त उतै अस्ताउँछन् । त्यतिमात्रै होइन, शव ल्याउन पनि लासमाथिको राजनीति सुरु हुन्छ । सीप सिकेर विदेश गएकाहरुले त केही न केही काम पाउँछन् र गर्छन् पनि तर बिना सीप विदेशिएकाहरु कामै नपाउँदा स्वदेश फर्किन चाहेर पनि सक्दैनन् । यता विदेशिदा लिएको ऋणमाथि ऋण थपिएको बोभले कतिपय नेपालीहरु गलत काम गर्न बाध्य हुन्छन् । तर, यी तीतो यथार्थलाई कहिल्यै नजिकबाट नियाल्न नसक्ने नेतृत्वहरु अझै पनि स्वदेशमै रोजगारी दिन्छौँ भन्न लाज मान्दैनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ । तर, मान्छेको साथमा वास्तवमा देश दुख्छ र रुन्छ । देशको पीडा र देश रोएको न नेतृत्वले सुन्छ, देख्छ न त नजिकबाटै नियाल्छ । न त रोएको देशलाई कहिल्यै मल्हमपट्टी लगाउने बारेमा ध्यान दिन्छ । जे हुन्छ, आज हुन्छ, भोलि बिर्सिसक्छ । त्यसैले नै होला भोलिका भविष्यहरु आज आफ्नो आँशु झारेर भएपनि आफ्नो भविष्य सुरक्षित राख्न विदेशिएका छन् । परिवार, आफन्त, नातागोता, मातापिता सबैलाई एकपटक रुवाएर र आफू रोएर भएपनि विदेश जाँदैछन् । किन पनि भने भोलिका यो देशका भविष्यहरु आफ्नो देशमा आफ्नै भविष्य सुरक्षित देख्दैनन् ।

नेताहरु नै दुई थरिका कुरा गर्छन् । सरकारमै रहेका मन्त्रीहरु एकातिर स्वदेशमै राजगारी दिनेकुरा गरिरहेका हुन्छन् भने अर्को ठाउँमा दक्ष जनशक्ति पठाउने भनेर श्रम सम्झौता गरेर हिँडिरहेका छन् । चिकित्सक, नर्स, श्रमीकहरुका लागि सम्झौता गर्दै गइरहेका घटना केही महिनाअघिका सरकारका कामहरुले नै देखाउँछ । समग्रमा भन्दा आज देशको भविष्य रोएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: