×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अम्बे स्टिल्सले प्रिमियममा आइपीओ जारी गर्ने

अर्थ सरोकार

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार

PRIME CA

अम्बे स्टिल्सले प्रिमियममा आइपीओ जारी गर्ने

अर्थ सरोकार

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार

काठमाडौं। अम्बे स्टिल्स लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित फागुन २३ गते वार्षिक साधारणसभा डाकेको छ ।

सभामा आइपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ । त्यस्तै, बिक्री प्रबन्धक र अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव पनि पेश हुने जनाईएको छ ।

त्यस्तै, आइपीओ बिक्रीबाट प्राप्त रकम उपयोग गर्नेसम्बन्धी प्रस्ताव पनि पेश हुनेछ । सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्नेसम्बन्धी प्रस्तावमाथि छलफल समेत हुनेछ ।

साधारणसभाले आइपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरेपछि मात्रै थप प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: