×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो देश तीन जिल्लाको मात्रै होइनः अमरेशकुमार सिंह

PRIME CA

यो देश तीन जिल्लाको मात्रै होइनः अमरेशकुमार सिंह

२४ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सांसद अमरेशकुमार सिंहले सरकारले विकास निर्माणका कामहरु अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सांसद सिंहले विकासका कामहरु अर्थमन्त्री डा.प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै भएको भन्दै बाँकी ७४ जिल्लालाई किन बेवास्ता गरिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई प्रश्न गरेका छन् ।

‘यो सरकारमा विकास निर्माण अवरुद्ध गर्न नै खोजिएको हो । गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी भएको छैन, नयाँकाम सुरु भएको छैन । काम सुरु भएको छ जम्मा तीन जिल्लामा, अर्थमन्त्रीको जिल्ला नुवाकोट, सत्ता गठबन्धनको जिल्ला डडेलधुरा र अर्को चितवन बाँकी ७४ जिल्लामा विकास निर्माण हुनुहुँदैन ? भौतिक पूर्वाधार मन्त्री यहीँ हुनुहुन्छ, सोध्न चाहन्छु ।’

त्यस्तै, उनले ठेक्का लागिसकेको योजनामा पनि काम नभएको भन्दै यो देश तीन जिल्लाको मात्रै नभएको भन्दै संसदमै आक्रोश पोखेका छन् । ‘ठेक्का लागिसकेको छ, त्यसमा काम किन नहुने ? यो तीन जिल्लाको मात्रै यो देश हो वा तीन जनाको मात्रै यो देश हो ? किनभने अहिले पनि २ खर्बभन्दा बढीको नुवाकोटमा, गोरखा, चितवनमा आयोजना स्वीकृत भएको छ ।’, उनले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: