काठमाडौँ । योग्यता नै नपुगी डिभि भरेर अमेरिका जान खोज्ने १० जना पक्राउ परेका छन् । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) २०२३ मा नाम निस्किएका तर भिसा प्रक्रियाका लागि नक्कली कागजात पेश गरेका १० जना पक्राउ परेका हुन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाका ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुरका ३३ वर्षीया भगवती उप्रेती, लमजुङकी २४ वर्षीया रोना गुरूङ, ललितपुरकी २५ वर्षीय संजय महर्जन, चितवनका २५ वर्षीय सुमन ढकाल, सिराहाका २९ वर्षीय सक्षम अर्याल, सर्लाहीका ३५ वर्षीय सुरज अधिकारी, दोलखाका २६ वर्षीय अशोक श्रेष्ठ, पर्साका २८ वर्षीय पुरूषोत्तम मल्लिक र सर्लाहीका २६ वर्षीय स्वर्णिम दाहाल रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले एसएलसी, प्लस टू तहका नक्कली शैक्षिक प्रमाणपत्र बरामद गरेको छ । उनीहरुले ती नक्कली प्रमाणपत्र भिसा प्रोसेसका लागि बुझाएको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा थप अनुसन्धान तथा कार्वाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्