×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ऋण खाएपछि तिर्नैपर्छ, तिर्नुपर्दैन भन्ने भ्रममा नपर्नुस्’- अर्थमन्त्री

PRIME CA

‘ऋण खाएपछि तिर्नैपर्छ, तिर्नुपर्दैन भन्ने भ्रममा नपर्नुस्’- अर्थमन्त्री

२४ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कुनै पनि हालतमा तिर्नुपर्ने बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को पहिलो वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय ऋण तिर्नुपर्दैन भन्ने भ्रम फैलाउँदै अभियानका नाममा आन्दोलन गर्नेहरुको पछि नलाग्न पनि आग्रह गरेका छन् । अर्थमन्त्री डा.महतले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दैनौँ भन्नेहरुको सपना पूरा नहुने पनि बताएका छन् । ‘ऋण लिएपछि जसरी पनि तिर्नु नै पर्छ, खाएपछि तिर्नैपर्छ । यस्तो भ्रममा नपर्नुहोला ।’, उनले भने, ‘अहिले ऋण मिनाहा गरिदिन्छु भन्दै मान्छेलाई भड्काउने काम भइरहेको देखेको छु । तर, त्यो सम्भव छैन ।’

त्यस्तै, अर्थमन्त्री डा.महतले अर्थतन्त्रमा देखिएको बेथितिलाई थितिमा ल्याउन अझै केही समय लाग्ने बताएका छन् । उनले विगतमा सरकारले अर्थतन्त्रको अवस्था विपरित खर्च गरेको कारण त्यसको असर अहिलेसम्म पनि रहेको दाबी गर्दै वर्तमान सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने प्रयास गरिरहेको उनले दाबी गरेका छन् ।

‘पहिलेदेखि बानी परेको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै समय लाग्छ । तर, कम्तिमा श्रीलंका बन्छ भन्ने अवस्थाबाट हामीले माथि उठाएर ल्याएका छौँ ।’, उनले भने, ‘समग्रमा देशको अर्थतन्त्रमा सुधार हुँदै आएको कुरा तथ्यांकले नै देखाइरहेको छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: