×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमै पहिलोपटक ‘टुरिजम हिरो अवार्डस्-२०२४’ आयोजना हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपालमै पहिलोपटक ‘टुरिजम हिरो अवार्डस्-२०२४’ आयोजना हुँदै

Artha Sarokar

१ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमै पहिलोपटक टुरिजम अवार्ड आयोजना हुने भएको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले ‘टुरिजम हिरो अवार्डस्–२०२४’ आयोजना गर्ने भएको हो । मुलुकको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने तथा पर्यटन क्षेत्रलाई प्रोमोसन गर्ने उद्धेश्यले अवार्डस् कार्यक्रम आयोजना गर्न लागिएको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार अवार्ड कार्यक्रममा पर्यटन क्षेत्रमा काम गरिरहेका विभिन्न व्यक्ति तथा संस्थाहरुमध्येबाट विभिन्न ३१ विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्ड आगामी मार्च १९ तारिखमा काठमाडौँमा आयोजना हुने एक भव्य कार्यक्रमकाबीच वितरण गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार ‘टुरिजम हिरो अवार्डस्–२०२४’मा होटल तर्फका १४ र पर्यटनका अन्य विधातर्फबाट १७ गरी कुल ३१ विधाका पाँच सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

अवार्डको नोमिनेसन मंगलबारबाटै खुला गरिएको आयोजकले जनाएको छ । टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेभसाइट टुरिजम हिरो डट ओआरजीमा गएर नोमिनेसन गर्न सकिने जनाइएको छ । प्राप्त नोनिनेसनहरुमध्येबाट सर्टलिस्ट गरी भोटिङका लागि योग्य बनाइने आयोजकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी