काठमाडौँ । नेपाल बैंकर्स संघले प्रहरीले बैंकिङ नबुझेको निष्कर्ष निकालेको छ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन सीईओदेखि कर्मचारीसम्म पक्राउ परेपछि बुधबार बिहान आकष्मिक बैठक डाकेको बैंकर्स संघले तत्कालीन सेञ्चुरीको धितोबारे प्रहरीले नबुझेको निष्कर्ष निकालेको हो ।
संघको बैठकले बैंकमा राखिएको धितोले खामेन भन्दै बैंकर पक्राउ गर्नुमा प्रहरीले बैंकिङ नबुझेको निष्कर्ष निकालेको एक बैंकका सीईओले बताएका छन् ।
योसँगै संघको बैठकले ऋण र धितो सम्बन्धमा प्रहरीलाई बुझाउनुपर्ने पनि निष्कर्ष निकालेको ती सीईओले बताएका छन् । ‘धितो सम्बन्धमा प्रहरीमा केही कन्फ्युजन देखियो । अझ भनौँ प्रहरीले बैंकिङलाई राम्रोसँग नबुझेको पाइयो । धितोले खामेन भन्दैमा सीईओदेखि कर्मचारीसम्मलाई पक्राउ गर्नु हुँदैनथ्यो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती सीईओले भने, ‘बैंकर्स संघको बैठकको पनि यही निष्कर्ष छ, अब बैंकिङ र धितोबारे प्रहरीलाई बुझाउछौँ ।’
त्यस्तै, संघले औपचारिक रुपमै धितोका विषयमा गृह मन्त्रालय र प्रहरीलाई बुझाउने निर्णय पनि गरेको ती सीईओले बताएका छन् । यसका साथै वर्तमान घटनाक्रमबारे नियामक नेपाल राष्ट्र बैंकलाई पनि जानकारी गराउने संघको बैठकले निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्