×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरमा ७५ लाख जरिवाना र कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकिङ कसुरमा ७५ लाख जरिवाना र कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

Artha Sarokar

१९ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलिले माघ १८ गते काठमाडौं गोकर्णेश्वर नयाँवस्तीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्ने व्यक्ति जिल्ला पाल्पा पूर्वखोला गा.पा वडा नं. २ घर भई हाल जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा वडा नं. ५ नयाँबस्ती बस्ने ४० वर्षीय रेवत बहादुर राना रहेका छन् ।

उच्च अदालत पाटनले २०७७ साल ८ मंसिर २१ गते २४ दिन कैद सजाय, ७५ लाख जरिवाना हुने ठहर भएको फैसला सुनाएको थियो । त्यसपछि फरार भएका थिए ।

पक्राउ परेका गरी रानालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी