काठमाडौं। बाराही हस्पिटालिटीद्वारा सञ्चालित विभिन्न होटल तथा रेष्टुरेन्टमा भ्यालेनटाइन डे (प्रणय दिवस) को अवसरमा छुट तथा अफरहरू घोषणा भएको छ ।
काठमाडौंको होटल बाराही काठमाडौंले भ्यालेन्टाइन डेका दिन आफ्ना प्रिमियम ग्राहकलाई ६ थरी खानाका साथै वेभरेज समेत दिनेछ । १२ हजार तिरेर हरेक जोडीले यसको मज्जा लिन सक्नेछन् । साथै, स्ट्याण्डर्ड ग्राहकका लागि इन्टरनेसनल बफेट, स्पार्कलिन रोज सहितको मज्जा जोडीले ७ हजार रुपैयाँमै लिन पाउनेछन् । साथै होटलमा बुक गर्नेहरूमध्ये केहीलाई गिफ्ट ह्याम्पर समेत दिइने बताइएको छ ।
बाराही जंगल लजमा फेब्रुअरी १४ मा ७ हजार रुपैयाँमा जोडीलाई बफेटको मज्जा लिन सकिनेछ । यस्तै, बेभरेजमा १५ प्रतिशत छुट रहेको लजले जनाएको छ । भ्यालेन्टाइन डेमा जोडी सहित सौराहा जाने पाहुनालाई लजले ‘टेस्ट अफ लभ’ कार्यक्रम अन्तर्गत रोमान्टिक क्याण्डललाइट डिनर, कल्चरल डान्स, लाइभ म्युजिकल पफर्मेन्स, अन्लिमिटेड स्न्याक्स लगायतको व्यवस्था गरेको छ ।
हस्पिटालिटी अन्तर्गतको पोखरामा रहेको होटल बाराही पोखराले भ्यालेन्टाइन डेको अवसरमा क्यान्डल लाइट डिनरको प्याकेज सार्वजनिक गरेको छ । विशेष दिनमा आफ्नो विशेष मान्छेसँग पोखरामा लालटिनमा बलेको बत्तीसँगैको रोमान्टिक डिनरका लागि होटलले प्रति जोडी ७ हजार रुपैयाँमै व्यवस्था गर्नेछ । जसमा ६ विभिन्न परिकार तथा मायाका भाव अंकित केकको समेत व्यवस्था हुनेछ ।
यस्तै सारङकोट माउन्टेन लजले भ्यालेन्टाइन डेको दिन ‘रोमान्टिक डिनर’ मा रमाउने व्यवस्था गरेको छ । विभिन्न प्रकारका भ्यालेन्टाइन्स मेनुसहित होटलले यस्तो अफर सार्वजनिक गरेको हो ।
पोखराकै होटल आवास पोखराले भ्यालेन्टाइन स्पेशल अफर सार्वजनिक गरेको छ । जसमा डिलक्स रुम, रुमभित्रै ब्रेकफास्ट, क्यान्डल लाइट डिनर लगायतका आकर्षक विशेषता समावेश छन् । प्रति जोडीका लागि ८ हजार रुपैयाँ शुल्क कायम गरिएको यो प्याकेज भ्यालेन्टाइन सप्ताहभरका लागि मान्य गरिएको होटलले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्