×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाटभटेनीका मालिक गुरुङलाई २ बर्ष जेल सजाय गर्ने अदालतको फैसला 

अर्थ सरोकार

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार

PRIME CA

भाटभटेनीका मालिक गुरुङलाई २ बर्ष जेल सजाय गर्ने अदालतको फैसला 

काठमाडौँ । ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका संचालक मीन बहादुर गुरुङलाई २ बर्ष जेल सजाय हुने भएको छ । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा दोषी ठहर गर्दै गुरुङलाई दुई वर्ष कैद सजाय, र बिगोबमोजिम ८० लाख ४८ हजार रुपैयाँ जरिबाना हुने फैसला भएको हो ।
उनले लिएको जग्गा जफत हुनेहुनेगरी अदालतले फैसला गरेको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला सुमाएको हो ।
यो मुद्धामा पूर्वमन्त्री बिजय कुमार गच्छादारलाई भने अदालतले सफाई दिएको छ ।
अदालतले अख्तियारका पूर्व आयुक्तसमेत रहेका दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई दोषी ठहर गरेको छ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना गरेको भन्दै अख्तियारले २०७६ माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: