काठमाडौँ । सूचीकृत कम्पनीमा विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा तेस्रो पटक संशोधन गर्दै राष्ट्र बैंकले सेयर बजारमा सूचीकृत कम्पनीमा विदेशी लगानी भित्र्याउन स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको हो ।
योसँगै अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त संस्थामा विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । तर, विदेशी लगानीकर्ताले लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानीको स्वीकृतिपछि विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व भने लिखित जानकारी दिनुपर्नेछ ।
त्यस्तै, राष्ट्र बैंकले औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योगमा पनि विदेशी लगानी भित्र्याउन स्वीकृति नचाहिने व्यवस्था गरेको छ । यस्तै कायम रहेको नेपाली उद्योगमा कायम रहेका कुल नेपाली सेयरधनीको सेयर धारण अनुपात नघट्ने गरी हुने विदेशी लगानीमा समेत स्वीकृति नचाहिने व्यवस्था गरेको छ ।
विनियम दरका कारण स्वीकृत विदेशी लगानी रकमभन्दा बढी भित्रिएको रकम फिर्ता पठाउन अनिवार्य नहुने पनि विनियमावलीमा उल्लेख छ ।
यसरी बढी भित्रिएको रकम समेतलाई खाम्नेगरी विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानी स्वीकृति पाएपछि लेखांकन सम्बन्धी अन्य व्यवस्था पालना हुनेगरि विदेशी लगानीका रुपमा लेखांकन गर्न सकिने पनि विनियमावलीमा व्यवस्था गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्