×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैतमा बैंकहरुको ब्याजदर थप घट्ने !

PRIME CA
GLOBAL IME BANK

चैतमा बैंकहरुको ब्याजदर थप घट्ने !

११ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चैत महिनामा बैंकहरुको ब्याजदर थप घट्ने भएको छ । इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गरिएको व्यवस्था कार्यान्वयनमा ल्याउन नियामक नेपाल राष्ट्र बैंकले सर्कुलर नै जारी गरेपछि चैत १ गतेदेखि बैंकहरुमा निक्षेपको ब्याजदर थप घट्ने भएको हो ।

सर्कुलरमार्फत राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई चैत १ गतेदेखि संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम गर्न निर्देशन दिएको छ ।

योसँगै अब बैंकहरुले चैत १ गतेदेखि व्यक्तिगत निक्षेपको ब्याजदर थप घटाएर १ प्रतिशत बिन्दु कायम गर्ने तयारी गरेका छन् ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिरहँदा कर्जा लगानी भने साह्रै न्यून भएपछि राष्ट्र बैंकले कर्जा लगानी बढाउन एकैपटक १ प्रतिशत बिन्दुले ब्याजदर घटाउने नीति लिएको बैंकहरुले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: