काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधी सम्बन्धी उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् ।काठमाडौंमा बिहीबार सुरु भएको क्यान इन्फोटेक मेलाको उद्धघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन् ।
विश्वमा सूचना प्रविधिको विकासले तिव्र फड्को मारिरहेका बेला नेपालले पनि यसबाट फाईदा लिनुपर्ने अध्यक्ष मल्लको भनाई छ । उनले भने, ‘नेपालले अन्तराष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा काग गर्न सक्छ । हाम्रा थुप्रै युवाहरुलाई रोजगारीको मुल प्रवाहमा ल्याउन सकिन्छ ।’
सुचना प्रविधि सम्बन्धी अन्तराष्ट्रिय ठूला कम्पनीको व्याकअपका रुपमा काम गरेर रेमिट्यान्स भित्र्याउन सकिने अध्यक्ष मल्लले बताए । अन्तराष्ट्रिय आइटी कम्पनीका लागि सर्पोट एवं विभिन्न एप्सहरु बिक्री माफर्त नेपालले गत वर्ष झण्डै ६८ अर्व रुपैयाँ आम्दानी गरेको अध्यक्ष मल्लले स्मरण गरे ।
त्यस्तै, मुलुकको आर्थिक समृद्धिका लागि अबको प्राथमिकता आईटी क्षेत्र र सोही अनुसारको नीति हुनुपर्ने अध्यक्ष मल्लले बताए । डिजिटल अर्थतन्त्र मार्फत आर्थिक गतिविधी बढाउनुपर्नेमा उनले जोड दिए । सूचना तथा संचार एवं प्रविधिका नयाँ नयाँ साधनहरुलाई आमजनताको पहुँचमा पुग्नेगरी गतिविधी विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
डिजिटल अर्थतन्त्र विकास गर्न सकिए आर्थिक पारदर्शिता कायम हुने अध्यक्ष मल्लले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्