काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसँग आग्रह गरेको छ । क्यानडाका लागि नवनियुक्त राजदूत पौड्यललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहीबार विदाई भेट गर्दै अध्यक्ष मल्लले मुलुकको निर्यात प्रर्वद्धन हुनेगरी सहजीकरण गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष मल्लले भने, ‘नेपाली बस्तुहरुको निर्यातका लागि क्यानडा राम्रो बजार हुन सक्छ । खासगरी गरगहना, पस्मिना, कार्पेट, छुर्पी, घिऊ लगायतका बस्तुहरुको निर्यात सहजीकरण गर्न सकियो भने विद्यमान व्यापार घाटालाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।’
नेपालबाट निर्यात हुने बस्तुहरुको एकीकृत बिक्रीका लागि नेपाल हाउसको अवधारणामा जानुपर्ने अध्यक्ष मल्लले बताए । नेपाल र क्यानडाबीच सीधा व्यापारिक सम्बन्ध कायम हुनेगरी व्यवसायिक वातावरण बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । यसका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
क्यानडामा पछिल्लो समय नेपाली विद्यार्थीको सख्या उच्च रहेको भन्दै अध्यक्ष मल्लले पढ्दै कमाउँदै नीति राज्यका लागि फलदायी हुनुपर्ने बताए । क्यानडामा रहेका एक नेपाली मार्फत एक पर्यटक भित्र्याउने गरी पहल गर्न सकिए नेपालको पर्यटन क्षेत्रमा लाभ पुग्ने अध्यक्ष मल्ले बताए ।
यस्तै क्यानडाका निजी क्षेत्रको लगानी भित्र्याउनका लागि समेत भूमिका निर्वाह गर्न अध्यक्ष मल्लले नवनियुक्त राजदूत पौड्याल समक्ष आग्रह गरे । उनले भने, ‘नेपालले आगामी बैशाखमा अन्तराष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्दैछ, नेपालको पूर्वाधार क्षेत्र, पर्यटन, ऊर्जा एवं सूचना प्रविधिको क्षेत्रका मुख्य मुख्य आयोजनाहरुमा लगानीका लागि पहल गर्न आवश्यक छ।’ लगानी सहजीकरणका लागि चेम्बर अफ कमर्सले पनि सहयोग गर्ने अध्यक्ष मल्लले बताए ।
चेम्बर पदाधिकारीसँगको भेटका क्रमम नवनियूक्त राजदूत पौड्यालले क्यानडामा आफ्नो मुख्य चोसो व्यापार सहजीकरण र नेपालमा लगानी अभिवृद्धि नै भएको बताए । त्यसका लागि नेपाल र क्यानडाको निजी क्षेत्रबीच बी टु बी भेटवार्ताका लागि आफुले पहल गर्ने पौड्यालले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्