काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रक्रिया पूरा गरेका कम्पनीहरुको प्राथामिक सेयर (आईपीओ) निष्कासन नरोक्न आग्रह गरेका छन् । बुधबार काठमाडौँमा आयोजित इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को पहिलो वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
ढकालले अहिले प्रक्रिया पूरा गरेका कम्पनीको पनि आईपीओ निष्कासन अनुमतिमा ढिलाई भएको प्रसँग उठाउँदै आईपीओ निष्कासनको अनुमति तत्काल दिन आग्रह गरेका हुन् ।
‘हाल आईपीओ निष्कासनका लागि प्रक्रिया पूरा गरेका तर अनुमति नपाएका २५ देखि ३० वटा कम्पनी पाइपलाइनमा छन् । केही महिनादेखि आईपीओ निष्कासनको अनुमति पर्खिरहेका छन् ।’, उनले भने, ‘प्रिमियममा आईपीओ निष्कासनको अनुमति दिनुपर्ने र केही गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरेका कम्पनीलाई आईपीओ निष्कासनको अनुमति रोक्नुहुन्न, तत्काल दिनुपर्छ ।’
त्यस्तै, अध्यक्ष ढकालले नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण आईपीओको अनुमति रोक्न नहुने भन्दै प्रक्रिया पूरा गरेका तर आईपीओ निष्कासनको अनुमति नपाएका कम्पनीलाई आईपीओ निष्कासनको लागि बाटो खुलाउन पनि आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्