काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल दुबईमा आयोजित वर्ल्ड गभर्मेन्टस् समिटमा सहभागी भएका छन् ।
ढकालले समिटलाई सम्बोधन गर्दै नेपालले आगामी वर्ष वैशाख १६ र १७ मा आयोजना गर्न लागेको लगानी सम्मेलन बारे सहभागीहरुलाई जानकारी गराएका थिए ।
सरकारले निजी क्षेत्रको सहभागितामा नेपालमा लगानीको अनुकुल वातावरण बनाउन केही ऐन तथा नियमावलीमा संशोधनको प्रस्ताव गरेको उनले बताए । ढकालले सरकारले द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई अन्तिम रूप दिएको र सम्भावित साझेदार मुलुकसँग छिट्टै सम्झौता गर्ने जानकारी पनि ढकालले दिए ।
ढकालले नेपालको अर्थतन्त्र विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि धारणा राखेका थिए । उनले नेपालको आर्थिक वृद्धि र विकासको सम्भावनाबारे भेलालाई जानकारी गराए । ढकालले नेपाल सरकारले व्यवसायिक प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यवसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्