Skip to content
LAXMI SUNRISE BANK

खाद्य स्टोरको २० लाख चोरेर डान्सबार जाने एकजना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित खाद्य स्टोरबाट २० लाख रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ फाँटबारीका २२ वर्षीय लोक सिंह ठगुन्नालाई पक्राउ गरेको हो ।

ठगुन्नाले कालिमाटीस्थित अमन खाद्य स्टोरबाट माघ २७ गते २० लाख रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त रकम चोरी गरेर ठगुन्ना राइड सेयरिङको मोटरसाइकल चढेर ठमेलको डान्सबार पुगेका थिए । त्यसलगत्तै उनी माघ २८ गते साँझ कैलालीको अत्तरिया गएका थिए ।

उनलाई कैलालीको गोदावरी नगरपालिका-२ स्थित न्यू सत्कार होटलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK