×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फुटबलर मनिष डाँगीको घरबाट ४५ लाख चोरी गर्ने ३ जना पक्राउ

PRIME CA

फुटबलर मनिष डाँगीको घरबाट ४५ लाख चोरी गर्ने ३ जना पक्राउ

अर्थ सरोकार

१३ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । फुटबलर मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । राष्ट्रिय फुटबल टिमका खेलाडीसमेत रहेका डाँगीको घरबाट ४५ लाख मूल्य बराबरको नगद र सामान चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रविण तामाङ, राजन श्रेष्ठ र अनुप तामाङ रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले गत फागुन ६ गते डाँगीको घरबाट चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डाँगीको घरबाट उनीहरुले ४५ लाख रुपैयाँ बराबरको नगद र सामान चोरी गरेका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका अनुप तामाङ डाँगीको घरमा बेलाबेलामा गइरहन्थे । सोही क्रममा घरको चाँबी ढोकानजिक जुत्तामा राख्ने गरेको थाहा पाएपछि उनीहरुले सामूहिक रुपमा चोरीको योजना बनाएका थिए । सोही योजना अनुसार घरमा कोही नभएको मौका पारेर चोरी भएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: