काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश लिन बोलाएको छ । बैंकले फागुन ९ गते बुधबार एक सुचना जारी गर्दै पाँच वर्ष पुरानो नगद लाभांश लिन बोलाएको हो ।
बैंकले लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ अनुसार ५ वर्षसम्म पनि सेयरधनीले नलगेको लाभांश उक्त कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ । सोही कारण आगामी ३५ दिनभित्र आवश्यक कागजात तथा विवरणसहित लाभांश दाबी गर्न बैंकले सेयरधनीलाई आग्रह गरेको छ ।
लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि साथमा बोक्नुपर्नेछ । लगानीकर्ताले क्यापिटलमा आवेदन दिएर भौतिक सेयर प्रमाणपत्र तथा नगद लाभांश पूर्जा संकलन गर्न सकिने बैंकले जनाएको छ । तर, चैत ५ गतेसम्ममा पनि लाभांश नलगेमा भने लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । त्यसपछि लगानीकर्ताले प्रमाण सहित लगानीकर्ता संरक्षण कोषमा गएर लाभांश दाबी गर्नुपर्ने हुन्छ ।
त्यस्तै, हालसम्म सेयर अभौतिकीकरण गर्न बाँकी लगानीकर्ताले सेयर अभौतिकीकारण गर्न तथा डिम्याट खाता नं.मा बैंक खाता अधावधिक गराउन बैंकले आग्रह गरेको छ । 
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्