×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कटन क्यान्डी खाँदै हुनुहुन्छ ? होसियार ! हुनसक्छ क्यान्सर…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कटन क्यान्डी खाँदै हुनुहुन्छ ? होसियार ! हुनसक्छ क्यान्सर…

Artha Sarokar

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मेला, महोत्सव तथा सडक पेटीहरुमा बेचिने कटन क्यान्डीमा क्यान्सर गराउने केमिकल भेटिएको पाइएको छ । खाद्य गुणस्तर जाँचको क्रममा चीनीबाट तयार गरिने कटन क्यान्डीमा कपडा उद्योगमा प्रयोग गरिने रोडोमाइन–बी केमिकल प्रयोग हुने गरेको पाइएको हो ।

रोडामाइन–बी केमिकलको प्रयोगले मानव शरिरमा क्यान्सर रोग उत्पन्न गराउन सक्ने चिकित्सकहरुले बताएका छन् ।

कटन क्यान्डीमा यस्तो घातक केमिकल भेटिएको पाइएपछि भारतका विभिन्न राज्यमा कटन क्यान्टीको खरिदबिक्री तथा उत्पादनमा प्रतिबन्ध लगाइएको छ । नेपालमा पनि पछिल्लो केही सातायता केही स्थानीय तहहरुले कटन क्यान्डीको खरिदबिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन् ।

कटन क्यान्डीमा भेटिएको रोडामाइन–बी केमिकलको प्रयोगले पेट फुल्ने, जिउ चिलाउने, सास फेर्न गाह्रो हुने लगायतका समस्या देखिन्छ । यसले दीर्घकालीन रुपमा क्यान्सरसमेत उत्पन्न गराउन सक्ने चिकित्सकहरुले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी