काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले राष्ट्र निर्माण गर्ने साझा सवालमा राजनीतिक दलहरु योजना निर्माण र कार्यान्वयनका लागि सहमतिका आधारमा अगाडि बढ्नुपर्ने उल्लेख गरे।
सभामुख घिमिरेले वर्तमान व्यवस्थाप्रति वितृष्णा जगाउने प्रयासविरुद्ध राजनीतिक दल एवं सम्पूर्ण नागरिक एकताबद्ध हुनुपर्ने आवश्यकता समेत औँल्याए ।
उनले संसदको चालु अधिवेशन उपलब्धिपूर्ण हुनेमा विश्वास व्यक्त गरे । ‘सरकारले संसदको चालु अधिवेशनमा ६१ वटा विधेयक दिने तयारी गरेको जानकारी आएको छ । त्यसैले संसदलाई बिजनेसको खाँचो हुने छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्