×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘समृद्धिका लागि राजनीतिक दलबीच सहमति जरुरी’: सभामुख घिमिरे

अर्थ सरोकार

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार

PRIME CA

‘समृद्धिका लागि राजनीतिक दलबीच सहमति जरुरी’: सभामुख घिमिरे

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले राष्ट्र निर्माण गर्ने साझा सवालमा राजनीतिक दलहरु योजना निर्माण र कार्यान्वयनका लागि सहमतिका आधारमा अगाडि बढ्नुपर्ने उल्लेख गरे।

सभामुख घिमिरेले वर्तमान व्यवस्थाप्रति वितृष्णा जगाउने प्रयासविरुद्ध राजनीतिक दल एवं सम्पूर्ण नागरिक एकताबद्ध हुनुपर्ने आवश्यकता समेत औँल्याए ।

उनले संसदको चालु अधिवेशन उपलब्धिपूर्ण हुनेमा विश्वास व्यक्त गरे । ‘सरकारले संसदको चालु अधिवेशनमा ६१ वटा विधेयक दिने तयारी गरेको जानकारी आएको छ । त्यसैले संसदलाई बिजनेसको खाँचो हुने छैन ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: