×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिसहोमको एक्सन स्पोर्टस एचडीवानबाट टी-२० त्रिकोणात्मक सिरिज प्रत्यक्ष प्रसारण हुने

अर्थ सरोकार

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार

PRIME CA

डिसहोमको एक्सन स्पोर्टस एचडीवानबाट टी-२० त्रिकोणात्मक सिरिज प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंगलबार देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी-२० त्रिकोणात्मक सिरिज हुँदै छ । नेपाल, नामेविया र नेदरल्याण्ड्स सहभागी उक्त टी२० सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडीवान बाट प्रत्यक्ष प्रसारण हुने भएको हो ।

पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिरएको डिसहोमले त्रिकोणात्मक टी-२० सिरिज पनि प्रशारण गर्ने कम्पनीले जानकारी गराएको हो ।

एक्सनस्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण भएको थियो । टी २० सिरिज अन्तर्गत मंगलबार (२७ फेब्रुअरीमा) नेपालले नामिबियासँग खेल्ने छ भने २८ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग खेल्ने छ ।

यसैगरी २९ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स भिड्दा मार्च १ तारिखमा नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् । त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ मा हुने छ । तीन मध्य शीर्ष २ ले उपाधिका लागि मार्च ३ मा खेल्ने छन् । सबै खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: