काठमाडौं। कौण्डिन्य गोत्रीय महासमाजको दोस्रो केन्द्रीय अधिवेशनको अन्तिम तयारी सम्पन्न भएको छ । केही महिना अगाडी बसेको महासमाजको केन्द्रीय समिति बैठकले प्रजातन्त्र दिवसको दिन फागुन ७ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरे बमोजीम काठमाडौंको मध्यबानेश्वरस्थीत रत्नराज्य स्कुल नजिक कृष्णभोग पार्टी प्योलेशमा बिहान ९ बजे महाधिवेशन शुरु हुने केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बन्जाराले जानकारी दिएका छन् ।
महासमाजको अधिवेशन सम्पन्न गर्नका लागि महासमाजका सातै प्रदेशका प्रदेश अध्यक्ष तथा महासचिवलाई आमन्त्रण गरिएको छ भने काठमाडौंमा रहेको सहसमाजका तर्फबाट प्रति सहसमाज ५ जनाका दरले महाधिवशनमा प्रतिनिधिहरु निमन्त्रणा गरिएको महासचिव बिष्णु प्रसाद बास्कोटाले बताए ।
महासचिव बास्कोटाले सहसमाज तथा सातै प्रदेशमा त्रुटिबस निम्ता नपुगेमा यसैलाई आधार मानि कार्यक्रममा उपस्थित भएर कार्यक्रमको गरिमा बढाईदिनहुन अनुरोध गरेका छन्।
त्यस्तै, महासमाजका कोषाध्यक्ष नारायण प्रसाद न्यौपानेले महासमाजले बिहानको खानाको ब्यवस्था पार्टी प्यालेशमा नै गर्ने भन्दै आवश्यक परे बस्ने व्यवस्थाको पनि प्रवन्ध गर्ने बताए।
समाजका उपाध्यक्ष एवम् प्रवक्ता बाबुराम आचार्यले अधिवेशन सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबै लागि पर्नुपर्ने हुँदा सबैको सहयोग र सहकार्यमा अधिवेशन सम्पन्न हुने बताए।
यसअघिको पहिलो अधिवेशन महासमाजले तिनकुनेमा सम्पन्न गरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्