×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि !

Artha Sarokar

२ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । बुधबार एक सूचना जारी गर्दै ईपीएस कोरिया शाखाले फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो ।

ईपीएस कोरिया शाखाका अनुसार परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ । परीक्षामा स्मार्ट वाच, मोबाइल वा कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान वा प्रयोग गर्न पाइनेछैन ।

परीक्षामा चिट चोरे वा अरु कसैको कपि गरेको पाइए परीक्षा नै रद्द गरी ४ वर्षका लागि परीक्षा सहभागी हुन प्रतिबन्ध लगाइने ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षा सुरु हुनुभन्दा १ घण्टा अघि परीक्षा हलमा ओरेन्टेशन हुनेछ । परीक्षामा सहभागी हुने परीक्षार्थीले अनिवार्य रुपमा ओरेन्टेशन र बायो-मेट्रिक भेरिफिकेशन गराउनुपर्नेछ ।

निर्धारित समयमा परीक्षा हलमा उपस्थित नभए परीक्षामा सहभागी नगराइने पनि ईपीएस शाखाले जनाएको छ । परीक्षामा सहभागी हुने प्रशिक्षार्थीले परीक्षा हुनुभन्दा एक दिन अगाडि नै आफ्नो सिफ्टअनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायो-मेट्रिक रजिस्ट्रेशन गराउनुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी