काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज डलरको भाउ स्थिर छ भने युरो र पाउण्डको मूल्य घटेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरोको मूल्य भने आइतबारभन्दा १ रुपैयाँ २८ पैसाले कमी आएको छ । राष्ट्र बैंकले सोमबारका लागि युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा तोकेको छ भने बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ । आइतबार खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ रहेको थियो ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दरमा पनि गिरावट आएको छ । सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा रहेको थियो ।
यता कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्