काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ८७ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २५ पैसा र बिक्री दर १६८ रुपैयाँ ०१ पैसा रहेको छ ।
यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः