×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

१५ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३३ रुपैयाँ ९३ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा रहेको छ । सोमबार युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा तोकिएको थियो ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०१ पैसा र बिक्री दर १६८ रुपैयाँ ७७ पैसा पुगेको छ । सोमबारको तुलनामा पाउण्ड आज बढेर आएको छ । सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९१ पैसा र बिक्री दर १६८ रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो ।

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: