Skip to content
LAXMI SUNRISE BANK

हेटौंडामा महासंघ बागमती प्रदेश कार्यालयको शिल्यानास

अर्थ सरोकार

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले फागुन १० गते हेटौंडामा महासंघ बागमती प्रदेश कार्यालयको शिल्यानास गरेका छन् । कार्यालय निर्माणले स्थानीय व्यवसायिक समूहका लागि दूरगामी प्रभाव सिर्जना गर्ने अपेक्षा गरएिको छ ।

व्यवसायिक निर्माण सम्पन्न भएपश्चात आधुनिक कार्यालय, बैठक कोठा र सम्मेलनको सुविधा उपलब्ध हुनेछ । उद्यमीहरू, स्टार्टअपहरू, र स्थापित व्यवसायहरूले यी सुविधाहरूमार्फत व्यापार तथा व्यवसायलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न, सहकार्य एवं सञ्जालका लागि प्रयोग गर्न सक्नेछन् ।

समारोहमा महासंघका अध्यक्ष ढकालले व्यापार प्रवर्धन र नेटवर्कङिको हब बन्ने लक्ष्य राखेको बताएका छन् । यसले स्थानीय उद्यमहरू र अन्तराष्ट्रिय साझेदारहरूबीचको सम्बन्धलाई बढावा दिन व्यापार मेलाहरू, उद्योग विशेष कार्यक्रमहरू, र वाणिज्य शिखर सम्मेलनहरू आयोजना गर्ने जनाईएको छ ।

कार्यालयमा बिजनेस इन्क्यूबेटर र एक्सेलेटरका लागि ठाउँ छुट्याइनेछ । स्टार्टअपहरू र साना व्यवसायहरूले उद्यमलाई विकास र स्तरउन्नति गर्न अभमिुखीकरण, प्रशक्षिण, र स्रोतहरूको पहुँच स्थापित गर्न सक्नेछन् । यस अनुरूप अनुकुल वातावरणले यस क्षेत्रको समग्र आर्थिक विकाशमा योगदान पुर्याउँछ।

उद्योग वाणिज्य महासंघ-बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले कार्यालयले सीप विकाश कार्यक्रमहरू प्रस्ताव गर्न व्यावसायकि प्रशक्षिण संस्थानहरू र विश्वविद्यालयहरूसँग सहकार्य गर्ने योजना बनाएको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघले यस कार्यालय मार्फत, अनुकूल व्यापार नीतहिरूको पैरवी, नियामकिया चुनौतीहरू सम्बोधन र स्थानीय व्यवसायहरूलाई कानुनी सहायता प्रदान गर्ने जनाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK