×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड माइक्रोफाइनान्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

PRIME CA

फरवार्ड माइक्रोफाइनान्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। सामाजिक उत्तरदायित्व अन्तर्गत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा ३०० जना बिरामीको आँखा, कान र दाँतको स्वास्थ्य जाँच भएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो भने, अस्पतालमा थप उपचार र शल्यक्रियामा पनि विशेष छुट दिने भनिएको छ ।

प्रकाशजित आई हस्पिटल तथा नर्सिङ होमको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा लघुवित्त महिला सदस्यहरुसँगै सो क्षेत्रका स्थानीयहरुको आँखा, कान र दाँतको स्वास्थ्य जाँच गरिएको थियो ।

फरवार्ड माइक्रोफाइनान्सले ग्रामिण क्षेत्रमा रहेका महिलाहरुलाई वित्तीय पहुँच स्थापित गर्न अग्रसर छ । करिब ३ लाख महिलाहरुलाई आर्थिक सशक्तिकरणको अभियानमा जोड्दै आएको फरवार्डले वित्तीय साक्षरता, सीपमुलक तालिमहरु प्रदान गरेर महिलाहरुमा बिना धितो कर्जा प्रवाह गर्दै उनीहरुको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: