काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले सहकारी ठगीमा संलग्न सांसदलाई घर पठाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद थापाले संसदमा आरोप–प्रत्यारोप मात्रै लगाउने काम भइरहेको भन्दै सहकारी ठगी लगायतका कसुरमा आरोपित सांसदलाई संसदमा नराखेर घर पठाएर अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
‘आसनको दाँया बस्ने होस् कि बाँया बस्ने होस्, काखैको होस् कि पाखैको होस्, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा लगाएका झण्डावालाको झण्डा छोपेर घर पठाईदिउँ ।’, उनले भने, ‘अनि सहकारी ठग्ने, दुईचार थान नागरिकता राख्नेलाई पनि घरै पठाएर अनुसन्धान गर्न लगाऔँ ।’
त्यस्तै, सांसद थापाले यसरी घर पठाएर अनुसन्धान सकिएपछि दोषी भए दण्ड बेहोर्ने र निर्दोष भए फूलमाला लगाएर पुनः संसदमा स्वागत गर्ने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्