×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्त वित्तीय संस्थाद्धारा एक दिने सदस्य सिप विकास तालिम सम्पन्न

PRIME CA
GLOBAL IME BANK

गणपति लघुवित्त वित्तीय संस्थाद्धारा एक दिने सदस्य सिप विकास तालिम सम्पन्न

१९ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्था शाखा कार्यालय बाँसगढी बर्दियाले सीप विकास तालिम अन्तर्गत सदस्यहरुको लागि एक दिने व्यवसायिक बाख्रा पालन तालिम संचालन गरेको छ । संस्थामा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले बाख्रा पालन गरिरहेका ३१ जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

सहभागीहरुलाई अनुगमन अधिकृत गोकर्ण प्रसाद जोशीले मन्तव्यमार्फत स्वागत गरेका थिए । यस्तै व्यवसायिक तालिम कार्यक्रमको समुद्घाटन यस वित्तीय संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि प्रभुराज थापाले गरेका थिए ।

उक्त एक दिने व्यवसायिक बाख्रा तालिमको प्रशिक्षण पशु शाखा कार्यालय बाँसगढीका पशु प्राविधिक घनश्याम तिवारीले दिएका थिए । शाखा प्रबन्धक हिक्मत ढकालको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रमको अतिथिमा पशु शाखा कार्यालय बाँसगढीका पशु विकास अधिकृत ठाकुर दयाल साहको समेत उपस्थिति रहेको थियो ।

उक्त व्यवसायिक बाख्रा पालन तालिमका सहभागीहरुलाई प्रमाण पत्रको समेत व्यवस्था गरिएको थियो । कार्यक्रमको संचालन तथा सहजीकरण शाखाका सहायक लोकेन्द्र प्रसाद भट्टले गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: