×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा क्यापिटलले १ अर्व रुपैयाँ बराबरको ‘गरिमा समृद्धि योजना’ जारी गर्ने

PRIME CA

गरिमा क्यापिटलले १ अर्व रुपैयाँ बराबरको ‘गरिमा समृद्धि योजना’ जारी गर्ने

३ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले गरिमा समृद्धि योजना जारी गर्ने भएको छ । क्यापिटलले ‘गरिमा म्युचुअल फण्ड’ अन्तर्गत १ अर्व रुपैयाँ बराबरको पहिलो बन्दमुखी योजनाको रुपमा ‘गरिमा समृद्धि योजना’ जारी गर्ने भएको हो ।

क्यापिटलले सो योजना संचालन गर्न माघ २८ गते नेपाल धितोपत्र बोर्डसमक्ष दर्ता गर्नको लागि निवेदन पेश गरेको छ ।

उक्त योजना १० रुपैयाँ अंकित मूल्यमा १० करोड इकाई जारी गर्न लागिएको क्यापिटलले जनाएको छ । योजना हाल नेपाल धितोपत्र बोर्डको म्युचुअल फण्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।

क्यापीटलले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा (पीएमएस) तथा निक्षेप सदस्य- डिम्याट तथा मेरोसेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: