काठमाडौँ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कर्मचारीतन्त्रमा भयंकर भ्रष्टाचार भएको बताएका छन् । काठमाडौँमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले अलिकति चलाख कर्मचारीको सम्पत्ति करोडभन्दा कम नभएको भन्दै कर्मचारीतन्त्रमा हुने भ्रष्टाचारको मूल कारक नै राजनीतिक नेतृत्व रहेको टिप्पणी गरेका हुन् ।
‘सुशासनको कुरा गर्दा कर्मचारीतन्त्रमा भयंकर भ्रष्टाचार छ । अलिकति चलाख कर्मचारी करोडभन्दा कम सम्पत्ति भएको कोही होला जस्तो मलाइ कम लाग्छ । तीन चार जनाको परिवार पाल्न अहिले कर्मचारीलाई सजिलो तरिकाले पैसा पुग्दैन ।’, उनले भने, ‘भयंकर भ्रष्टाचारले मात्र करोडौँ थुप्रिन सक्छ । त्यो फोटोकपी मात्र हो, यसको मूल कपी त राजनीतिक नेतृत्व नै हो ।’
त्यस्तै, उनले बिपी कोइरालाले देखेका सपनाका उत्तराधिकारीहरु कांग्रेस आफैँमा लडेर सिद्धान्त नै परिवर्तन गर्नतर्फ लागेको आरोप लगाए । यसले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्ने आधारमा मुलुकलाई नेतृत्व गर्ने विचारमा पनि समस्या छ भन्ने प्रमाणित भएको उनको भनाई छ ।
‘बीपीले धेरै सपना देख्नुभयो, कहिले के देख्नुभयो कहिले के, ती देखेका एउटा एउटा सपना एउटा एउटा उत्तराधिकारी छन् ।’, उनले भने, ‘आफैँ-आफैँ लडेर बाहिरबाट हेर्दा सपनाका कांग्रेसले एउटा–एउटा बीपीका सपनाका उत्तराधिकारीहरु आफैंमा लडेर त्यो सिद्धान्त के बनाएका छन् थाहा छैन । यसले गर्दा यो संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्ने आधारमा मुलुकलाई लिड गर्ने विचारमा पनि समस्या रहेछ ।’, उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्