काठमाडौँ । अर्थतन्त्रमा देखिएको शिथिलताका कारण सुस्ताएको घरजग्गा कारोबार पुनः लयमा फर्किन थालेको छ । भूमी व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार पछिल्लो केही महिनायता घरजग्गा कारोबार सुध्रिदै गएको देखिएको छ ।
विभागका अनुसार पछिल्लो एक महिनामा मात्रै देशभर ५० हजार ९ सय २१ वटा घरजग्गाको औपचारिक रुपमा खरिदबिक्री भएको छ । जसबाट राज्यले तीन अर्ब ३७ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जबकी पुषमा ४६ हजार ३० घरजग्गाको कारोबार हुँदा तीन अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्नु, बैंकमा तरलता बढ्नु तथा ब्याजदर घट्दै जानु लगायतका कारणले घरजग्गा कारोबार सुध्रिएको हो । फागुनमा बैंकहरुको ब्याजदर अझै घटेकाले पनि यस महिनामा घरजग्गाको कारोबार झनै बढ्ने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्