काठमाडौं। विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले ग्लोबल आइएमई बैंक लिमिटेडसँग ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
उक्त लगानी साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न प्रयोग गरिने जनाइएको छ ।
यस लगानीले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्नुका साथै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने र वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सृजना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने बताइएको छ ।
यस ऋणको ५० प्रतिशत ग्लोबल आइएमई बैंकले साना तथा मझौला र खुद्रा ग्राहकहरूको लागि जलवायु तथा लैंगिक क्षेत्रको लगानीमा समान रूपमा विनियोजन गर्ने बताएको छ। बाँकी ५० प्रतिशत साना तथा मझौला उद्यमहरूमा कर्जा प्रवाह गर्न प्रयोग गर्ने बैंकले जनाएको छ ।
नेपालमा कुनै पनि विकास वित्तीय संस्थाले कुनै पनि बैंकलाई लैंगिक वित्तीय फाइनान्स उपलब्ध गराएको पहिलो पटक भएको बैंकको दाबी छ ।
नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिनाले नेपाल राष्ट्र बैंक नेपालमा वैदेशिक लगानी ल्याउने विषयमा निकै खुसी भएको बताए ।
यस्तै, ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएफसीसँगको सहकार्यले बैंकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्न सहयोग पुगेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्