Skip to content
LAXMI SUNRISE BANK

सोमबार चार सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले घटेर एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ४०० रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १३९० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार ५९५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार १२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११९२ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK