×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

Artha Sarokar

२ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२ सय रुपैयाँले घटेर एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १३६५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९९ हजार ८ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ९९ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११७० रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी