काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले बढेर एक लाख १७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ८५० रुपैयाँले बढेर प्रतितोला एक लाख १६ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १४१० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३ सय ९५, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२०९ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।