×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइतबार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५०० रुपैयाँले बढेर एक लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन २५० रुपैयाँले बढेर प्रतितोला एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १४३० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ३ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार २ सय २६ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी