Skip to content
LAXMI SUNRISE BANK

मंगलबार स्थिर रह्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रहेर प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १४१० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार एक सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ६ सय ९५ रुपैयाँ र चाँदीको मूल्य १२०९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK