Skip to content
LAXMI SUNRISE BANK

बिहीबार चार सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले घटेर एक लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ४०० रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मुल्य एक लाख एक हजार एक सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ६ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२०० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK