Skip to content
LAXMI SUNRISE BANK

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २०० रुपैयाँले घटेर एक लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन २०० रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १३९५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार ४ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ९ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार एक सय ९६ रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK