Skip to content
LAXMI SUNRISE BANK

मंगलबार स्थिर रह्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख १७ हजार सात सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १३८० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मुल्य एक लाख एक हजार ४ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ९ सय ५५ रुपैयाँ र चाँदीको मूल्य एक हजार एक सय ८३ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK